काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले विदेशबाट आउने अतिथीहरुलाई व्यवस्थित बास, सुरक्षा र अन्य प्रवन्ध मिलाउन निर्देशन दिनुभएको छ । परिषदका तर्फबाट सुरज बैद्यले सम्मेलनको तयारीको बारेमा बैठकलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले केही तत्वहरुले देशमा अस्थिरता मच्चाउन प्रयास गरेको भए पनि सरकारले त्यसलाई नियन्त्रण गर्ने बताए । गणतन्त्र आएको छ, संघीयता आएको छ, आवधिक चुनाव भएको छ ” प्रधानमन्त्री ओलीले भने अब के चाहिएको हो ? चन्दा संकलन र लुटपाट गर्न छोडिदिनु पर्ने ? त्यस्तो हुदैन । सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न कानुन अनुसार अघि बढ्छ ।”