काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन । अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी शुक्रबार साँझ धुम्बाराही स्थित ह्याम्स अस्पताल भर्ना भएका हुन ।
अहिले आइसियुमा राखेर उपचार भइरहेको छ । उनका सहयोगी किरण सिटौलाका अनुसार चिकित्सकहरुले रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसर समेत घटेको बताएका छन ।
डा. भगवान कोइराला सहितको टिमले उनको उपचार गरिरहेका छन । रगतको मात्रा बढाउनका लागि अहिले नेता सिटौलालाई रगत दिइदै गरिएको सांसद भिमसेनदास प्रधानले जानकारी दिए ।