भारत साफ च्याम्पियन : नेपाल उपविजेतामै सिमिति

आजभोलि

भारत साफ च्याम्पियन : नेपाल उपविजेतामै सिमिति

विराटनगर । नेपाल लगातार पाँचौ पटक साफ च्याम्पियनसिपमा भारतसँग पराजित हुँदै साफ महिला च्याम्पियनसिपको उपविजेतामा सीमित भएको छ ।

विराटनगरस्थित शहिद रंगशालामा भारतले नेपाललाई ३-१ ले पराजित गर्दै उपाधि जित्न सफल भयो । यससँगै भारत लगातार पाँचौपटक च्याम्पियन बन्यो ।

नेपालको भने उपाधि यात्रामा भारत लगातार बाधक बन्यो । नेपाल सबै संस्करणमा भारतसँग पराजित हुन पुग्यो । अघिल्लो संस्करणको सेमिफाइनलमा हार भोगेको नेपालले सुरुवाती ३ संस्करणमा भारतसँग नै हार बेहोरेको थियो ।

निकै नै रोमाञ्चक बनेको खेलमा भारतलाई जिताउन डालिमा छिब्बर, ग्रेस दाङमेइ र अन्जु तामाङले गोल गरिन् । नेपालकी सावित्रा भण्डारीले एक गोल फर्काइन् ।

खेलको २६औं मिनेटमा डालिमा छिब्बरले करिब ३५ यार्डबाट फ्रिकिकमा सुन्दर गोल गरेपछि नेपाल खेलमा पछि परेको थियो । हीरा कुमारी भुजेले विपक्षी खेलाडीलाई लडाएपछि प्राप्त फ्रिकिकलाई डालिमाले सोझै गोलमा परिणत गरेकी हुन् ।

३३ औं मिनेटमा डिफेन्डर पुनम जर्घा मगरको लामो पासमा सावित्रा भण्डारीले बराबरी गोल फर्काइन् । उनले फ्लिक हेडर गर्दै गोलरक्षक अदिति चौहानले रोक्न सकिनन् । पहिलो हाफको अन्तिम मिनेटमा सावित्राले अग्रता दिलाउने सुन्दर अवसर खेर फालिन् । उनलको सुरुवाती प्रहार अदितिले रोकेपनि दोस्रो प्रहारले भने पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफमा नेपालले पहिलो हाफमा जस्तो दोस्रो हाफमा खेल्न नसक्दा पराजित हुन पुग्यो । ६३ औं मिनेटमा सन्धियाको पासमा ग्रेस दाङमेईले गोल गरेपछि नेपाल खेलमा २-१ ले पछि परेको थियो । उनले एकल प्रयासमा गोल गर्दै भारतलाई अग्रता दिलाइन् ।

७८ औं मिनेटमा वैकल्पिक खेलाडी अन्जु तामाङले गोल गरेपछि नेपालको आशा समाप्त भएको थियो । नेपाल चौथोपटक फाइनलमा पराजित भएको हो ।

  • ८ चैत्र २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !