ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा शनिबार ११ हजार बढि तीर्थयात्रीले दर्शन गरेका छन् । यो वर्षकै सबैभन्दा बढी तीर्थयात्री दर्शन गरेका हुन । ३,७९४ मिटर उचाइमा रहेको पाथीभरामा बिहान ९ बजेपछि लगातार पानी परिरहेकाले तीर्थयात्रीहरु प्रभावित समेत बनेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
तीर्थयात्रीलाई सहज रुपमा दर्शन गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र पाथीभरामा कृयाशिल संघसंस्थाबाट १० जना स्वयंसेवक परिचालन गरिएको छ ।
चैते दशैंको सुरुवात सँगै पहिलो पटक यत्तिधेरै तीर्थयात्री आएको माथिल्लो फेदीका ब्यवसायी बताउँछन । तीर्थयात्रीलाई वर्षा, झरी, बादलबाट जोगाउन चाँडो पूजा गरेर फर्काउने प्रयास गरिएको थियो । नेपालको विभिन्न जिल्ला लगायत छिमेकी देशबाट समेत दर्शनार्थी आएका थिए ।
एउटै समूह १ सय ११ जना सम्म तिर्थयात्री आएको माथील्लो फेदिका अहेव उमानाथ पौडेलले जाकारी दिनुभयो । पाथीभरामा कति तिर्थयात्री आउँछन भनेर संख्या यकिन गर्न माथिल्लो फेदीमा तथ्यांक टोली राखिएको छ ।