काठमाडौं । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले वर्तमान सरकारका बिरुद्ध आवश्यक परे बन्दुक उठाउने चेतावनी दिए । सरकार तथा व्यवस्था असफल भएपछि जनवादी सत्ताका लागि आफूहरु अन्तिम समयसम्म लडी रहने बताए । उनले बर्तमान सत्ता नै असफल भएको दाबी समेत गरे । उनले ओली सरकार विदेशी सरकार विदेशीको इशरामा चलेको पनि दाबी गरे ।
देशभक्त गणतान्त्रिक मोर्चाको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा मोर्चाका अध्यक्ष सीपी गजुरेलले केपी ओली सरकारलाई हटाउन सडक आन्दोलनमात्र विकल्प रहेको बताए ।
कार्यक्रमका अन्य वक्ताहरुले पनि ओली सरकारको चर्को विरोध गरेका थिए । उनीहरुले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु उचित नभएको बताएका थिए । सबै वक्ताहरु वर्तमान सरकारको कडा आलोचना समेत गरेका थिए ।