जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त ल्याएर गणतान्त्रिक मान्यता अन्त्य गरे : प्रधानमन्त्री ओली

आजभोलि

जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त ल्याएर गणतान्त्रिक मान्यता  अन्त्य गरे  : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक स्वरुप भएको बताएका छन् ।

गृह मन्त्रालयमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले ’गणतन्त्र दिवस–२०७६’ को कार्यक्रम तय गरी सार्वजनिक गरेको हो । समितिले आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म विविध कार्यक्रम गरी देशभित्र र देशबाहिर नेपाली नियोगमा दिवस मनाउने निर्णय गरेको छ ।

गणतन्त्र दिवस मुल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई जनताको उत्सवको रुपमा मनाउने गरी कार्यक्रम सार्वजनिक गरिएको बताएका छन् । उनले जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र जनताको प्रणाली भएकाले त्यसलाई जनस्तरमै मनाउने गरी तयारी गर्न पनि सम्बन्धित सबै निकायलाई सचेत समेत गराए ।

केही तत्वले राजतन्त्र पुनःस्थापनाको माग गरिरहेको तर त्यो स्वीकार्य नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । गणतन्त्रको स्थापनाले नेपालमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तलाई विस्थापित गरेको उनले बताए ।

कुनैबेला राजा बन्न पनि गणतान्त्रिक अभ्यास हुने गरेको भन्दै पछिका शासकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त ल्याएर गणतान्त्रिक मान्यता तोडेको प्रधानमन्त्री ओलीको दाबी छ ।

  • २३ बैशाख २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !