कांग्रेसको जागरण अभियानसंगै बझाङको कांग्रेसी उत्साहित

आजभोलि

कांग्रेसको जागरण अभियानसंगै  बझाङको कांग्रेसी उत्साहित

नेपाली कांग्रेस बझाङले राष्ट्रिय जागरण अभियानको पहिलो दिन प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा पराजय हुनुका पछाडी आफ्नै पार्टीभित्र नेताहरुको गुटबन्दी,अन्तरघात भएको निस्कर्ष निकालेको छ।

तीनै तहको निर्वाचनपछि र अन्य पछिल्ला समयमा पार्टी पंक्तिमा भएका बैठक, भेला र समीक्षाबाट पार्टीलाई जनताको साथ समर्थन भएको तर आफ्नै कारणले चुनावमा उपयुक्त रणनीति तयार गर्न नसक्दा र जिल्ला तहका पाटीका शीर्ष नेताको आन्तरिक मनमुटावका कारणले कांग्रेसका थुप्रै नेताले पराजय हुनु परेको कांग्रेसले जनाएको छ।

नेविसंघका विद्यार्थी नेता उमेश जेठाराका अनुसार बझाङ जिल्लामा कम्युनिस्ट पार्टीका नेता भन्दा कांग्रेसका नेताहरु उमेरले पनि जेष्ठ भएका र लामो समयसम्म राजनीतिमा लागेर सक्षम योग्य हुँदाहुँदै पनि पछिल्लो चरणमा राजनीति संगठन गर्दै आएका कम्युनिस्ट बढ‍्दै जानुका पछाडी कांग्रेसी नेताको राजनीति गर्ने शैली हैकमबादी भएको, जनअपेक्षा चाहनाअनुसर काम नगरेको ठहर छ ।

उनले बझाङ कांग्रेसमा बढीजसो ठकुरीलगायत केही बाहुन , क्षेत्री नेताको बाहुल्यता भएको र उनीहरुको यथास्थिती राजनीति सोचका कारण चुनावमा पराजय हुनु परेको बताए।

एक महिनासम्म सञ्चालन हुने राष्ट्रिय जागरण अभियानमा कांग्रेसले जिल्लाका १२ वटै स्थानीय तह स्तरीय, निर्वाचन क्षेत्र स्तरीय, जिल्ला स्तरीयमा संगठन शुद्धिकरण, प्रशिक्षण, कार्य समितिको संस्थागत विकास, भातृ संघ संगठनको क्षमता विकास सहित पार्टीलाई चलाएमान बनाउने निर्णय गरेको छ।

यसैगरी पाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य ज्ञानबहादुर बोहराले शुभेच्छुक व्यक्ति, संगठनबाट राय सुझाव लिई आगामी दिनमा पार्टी राम्रो बनाउने बताए।

राष्ट्रिय जागरण अभियानमा बझाङ आएका केन्द्रीय परिवेक्षक महेन्द्र शर्माले देशभरी अहिले कांग्रेसले कम्युनिस्ट अधिनायकबादलाई रोक्नका लागि यस्तो जागरण अभियान सुरु गरेको र पार्टीभित्रका आन्तरिक मनमुटावलाई पनि सुधार गरेर पाटीलाई एक ढिक्का बनाउने बताए।

  • २६ बैशाख २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !