राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल भाषा र संस्कृतिमा धेरै धनी देश भएको बताएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘वर्तमान परिप्रेक्ष्यमा सामाजिक एवम् सांस्कृतिक रूपान्तरणका लागि पश्चिम नेपालको आकांक्षा र आवाज’ विषयक सांस्कृतिक गोष्ठीमा ‘प्रसङ्ग’ नामको त्रैमासिक पत्रिकाको बिमोचन गर्दै उनले नेपालको प्रकृति, भाषा र संस्कृतिलाई सही सदुपयोग गर्न सके छिट्टै मुलुक समृद्ध बन्ने बताए ।
त्रैमासिक पत्रिका ‘प्रसङ्ग’ नेपाली, संस्कृत र अंग्रेजी गरी तीन भाषामा प्रकाशन शुरु भएको छ । पत्रिका बिमोचनछि उनले नेपालमा रहेका विभिन्न भाषा, संस्कृतिलाई प्रबद्र्धन गरी विश्वभर चिनाउनुपर्ने बताए । प्रसङ्ग पत्रिका तीन भाषालाई एउकै ठाउँमा जोड्ने उद्देश्यले थालेको प्रकाशन प्रशंसनीय भएको भन्दै शुभकामना व्यक्त गरे ।
कार्यक्रममा पत्रकार मनिषा अवस्थीले वर्तमान परिप्रेक्ष्यमा सामाजिक एवं सांस्कृतिक रूपान्तरणका लागि पश्चिम नेपालको आकांक्षा र आवाज विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।