प्रधानमन्त्री केपी शर्मा ओलीले हो ची मिन्हले भियतनामको स्वतन्त्रतामा योगदान दिएको, सिद्धान्तमा कहिल्यै सम्झौता नगरेको, स्वतन्त्रता र न्यायको मार्गबाट कहिल्यै पछाडि नहटेको तथा उनले समाजवाद र परिवर्तनको वास्तविक अर्थ दिएको बताएका छन।
उनले मिन्हको नेतृत्वमा भएको भियतनामको क्रान्ति तथा राष्ट्रिय स्वतन्त्रता आन्दोलन नेपालको समाजवादी, प्रजातान्त्रिक तथा राष्ट्रवादी आन्दोलनका लागि अभिप्रेरणाको स्रोत भएको पनि बताए। समाजवादी गणतन्त्र भियतनामको पाँचदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले हो ची मिन्ह राष्ट्रिय राजनीतिशास्त्र प्रतिष्ठानको एक मञ्चलाई आज सम्बोधन गर्दै आफू मिन्हबाट बाल्यकालदेखि नै प्रभावित भएको बताए।
उनले मिन्हलाई नेपालमा पनि सम्मानका रूपमा हेरिने गरिएको र उनको सम्मानमा अनेकौँ कविता, निबन्ध र गीत लेखिएको बताए। प्रधानमन्त्री ओलीले मिन्ह असाधारण नेता भएको र उनले इतिहास परिवर्तन गर्दै आफ्ना जनता तथा मुलुकलाई गौरवान्वित बनाएको र विश्वलाई समाजवादी आन्दोलनको नयाँ दिशा र आयाम दिएको बताए। उनले राष्ट्रिय बल तथा साहसको प्रतीक भएको, उनले जनताको निःसर्त समर्थन प्राप्त गरी विश्वको सबैभन्दा बलियो सेनालाई पराजित गर्न त्यसलाई उपयोग गरेको प्रधानमन्त्री ओलीले बताए।
प्रधानमन्त्री ओलीले नेपाल कहिल्यै उपनिवेश नभएको र यसले आफ्नो सार्वभौमसत्ता तथा स्वतन्त्रता संरक्षण गर्न संघर्ष गरेको बताए। यसै कारण दुई मुलुकका जनताबीच एकता तथा मित्रता बलियो भएको उनले उल्लेख गरेका थिए। प्रधानमन्त्री ओलीले भियतनामको वर्तमान इतिहासले एउटा युद्धग्रस्त मुलुकले आफूलाई कसरी पुनर्निर्माण गर्छ भन्ने देखाएको र नेपालमा पनि युद्धपछिको अवस्थामा पुनर्निर्माणको चुनौती रहेको बताए।
उनले भियतनाममा माक्र्सवादको मौलिक उपयोगले नेपाली जनतालाई आफ्नो मुलुकले भोगेका अनेकौँ चुनौतीको उपयुक्त दिगो समाधान खोज्न अभिप्रेरणा दिएको बताए। प्रधानमन्त्री ओलीले मार्क्सवाद तथा समाजवादको सिर्जनात्मक उपयोगबाट दुवै मुलुकले सामान्तवादी राजतन्त्र अन्त्य गर्न सफलता प्राप्त गरेको बताए। उनले भियतनाममा झैँ नेपालमा पनि मार्क्सवादको विचारधारालाई स्थानीय परिस्थितिमा उपयोग गरी समाजवाद निर्माण चाहेको बताए।
उनले समाजवादको खोजी नेपाली संविधानको लक्ष्य भएको पनि उल्लेख गरेका थिए। प्रधानमन्त्री ओली प्रधानमन्त्री ओलीले नेपाल तथा भियतनाम दुवैले क्रान्तिकारी परिवर्तन शान्तिपूर्ण तरिकाले सम्भव भएको देखाएको पनि उल्लेख गरेका थिए।
उनले समाजवादले नै विश्वको वर्तमान समस्याको सही समाधान दिने र एक्काइसौँ शताब्दीको समाजवाद नयाँ आयाम अपनाउनुपर्ने बताए। प्रधानमन्त्री ओलीले सन् १९८० को दशकमा अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनले समस्या भोगेको र नेपालमा मदन भण्डारीले राजनीतिक अधिकारका लागि प्रजातान्त्रिक आन्दोलन र स्वतन्त्रताका लागि नयाँ दिशा दिएको बताए।
उनले भण्डारीले जनताको बहुदलीय जनवादको सिद्धान्त मार्क्सवादी दर्शनभित्रै प्रस्तुत गरेको र यसबाट परिवर्तित परिस्थितिमा दिशा दिएको जानकारी गराएका थिए। प्रधानमन्त्री ओलीले यसै विचारधारालाई अवलम्बन गरी बहुदलीय प्रतिस्पर्धाबाट संवैधानिक संरचनामा मौलिक अधिकार तथा स्वतन्त्रता प्राप्त गर्न सकिएको बताए। उनले कहिलेकाहीँ यसलाई पूँजीवादी प्रणालीसँग भ्रममा पर्न गए पनि त्यो कुरा सत्य नभएको विचार व्यक्त गरेका थिए।
नले भियतनाममा माक्र्सवादको मौलिक उपयोगले नेपाली जनतालाई आफ्नो मुलुकले भोगेका अनेकौँ चुनौतीको उपयुक्त दिगो समाधान खोज्न अभिप्रेरणा दिएको बताए। प्रधानमन्त्री ओलीले मार्क्सवाद तथा समाजवादको सिर्जनात्मक उपयोगबाट दुवै मुलुकले सामान्तवादी राजतन्त्र अन्त्य गर्न सफलता प्राप्त गरेको बताए। उनले भियतनाममा झैँ नेपालमा पनि मार्क्सवादको विचारधारालाई स्थानीय परिस्थितिमा उपयोग गरी समाजवाद निर्माण चाहेको बताए। उनले समाजवादको खोजी नेपाली संविधानको लक्ष्य भएको पनि उल्लेख गरेका थिए।
प्रधानमन्त्री ओली प्रधानमन्त्री ओलीले नेपाल तथा भियतनाम दुवैले क्रान्तिकारी परिवर्तन शान्तिपूर्ण तरिकाले सम्भव भएको देखाएको पनि उल्लेख गरेका थिए। उनले समाजवादले नै विश्वको वर्तमान समस्याको सही समाधान दिने र एक्काइसौँ शताब्दीको समाजवाद नयाँ आयाम अपनाउनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले सन् १९८० को दशकमा अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनले समस्या भोगेको र नेपालमा मदन भण्डारीले राजनीतिक अधिकारका लागि प्रजातान्त्रिक आन्दोलन र स्वतन्त्रताका लागि नयाँ दिशा दिएको बताए। उनले भण्डारीले जनताको बहुदलीय जनवादको सिद्धान्त मार्क्सवादी दर्शनभित्रै प्रस्तुत गरेको र यसबाट परिवर्तित परिस्थितिमा दिशा दिएको जानकारी गराएका थिए।
प्रधानमन्त्री ओलीले यसै विचारधारालाई अवलम्बन गरी बहुदलीय प्रतिस्पर्धाबाट संवैधानिक संरचनामा मौलिक अधिकार तथा स्वतन्त्रता प्राप्त गर्न सकिएको बताए। उनले कहिलेकाहीँ यसलाई पूँजीवादी प्रणालीसँग भ्रममा पर्न गए पनि त्यो कुरा सत्य नभएको विचार व्यक्त गरेका थिए।