नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश लगाउने काम बन्द नभए अन्तर्रा्ष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएका छन् ।
शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दैै महासचिव विष्टले अहिले संसदमा प्रस्तुत गरिएको विद्येयक पारित भए प्रेसको स्वतन्त्रता बाँकी नरहने जिकिर गरे ।
सरकारले लोकतन्त्रको आवरणमा प्रेस जगतलाई निमोठ्ने प्रयास गरेको भन्दै सरकारको विरुद्धमा लड्न गाहा«े भैरहेको पनि उनले बताए । त्यसैगरी नेपाल प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले पत्रकार महासंघले हतारमा आन्दोलन गर्न नहुने सुझाव दिए ।
उनले गोकुल बास्कोटा रिपोर्टर हुँदै मन्त्री हुनुभएका कारण प्रेसको घाँटी निमोठ्नेगरि विद्येयक ल्याउन लागेकोमा आफूलाई विश्वास नलागेको बताए ।
सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा प्रेस र अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधान राखिएको भन्दै पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघले त्यसविरुद्ध आन्दोलन घोषणा गरिसकेको छ ।