आरोपितलाई मुद्दा चलाउन चीन पठाउन मिल्ने गरि सुपुर्दगी कानुनमा परिवर्तन गर्न खोजिएपछि शनिवार हङकङको संसदमा हात हालाहाल भएको छ ।
नेताहरू झगडा गर्दा केही सांसद घाइते भएका र एक सांसदलाई अस्पताल लग्नु परेको छ । प्रस्तावित कानुनका विरोधीहरू परिवर्तनले हङकङमा रहेको स्वतन्त्रतालाई खुम्च्याउने विश्वास गर्छन् । तर अधिकारीहरु भने हत्यामा आरोपित एकजनालाई ताइवान पठाउन सो परिवर्तन गर्न खोजिएको बताउँछन् ।
एक जना चीन समर्थक सांसदले हङकङका लागि एउटा दुःखद दिन’ भएको बताए । हङकङमा स्वतन्त्रताको वकालत गर्ने सांसद जेम्स टोले अघिल्लो हप्ता विवादास्पद विधेयकमाथिको सत्रको अध्यक्षता गरेका थिए तर उनलाई नयाँ कानुनका समर्थकहरूले अध्यक्षबाट हटाएका थिए ।
शनिवार सांसदहरू पत्रकारहरूका बीच बोल्ने माइकमा अधिकार जमाउन, अमर्यादित शब्दहरू प्रयोग गर्न र टेबलमा चढ्न थालेपछि तनाव भएको हो । हङकङमा स्वतन्त्रताको वकालत गर्ने सांसद गेरी फ्यान ढलेपछि उनलाई अस्पताल लगिएको छ भने एकजना चीन समर्थक सांसद पछि हातमा काम्रो बाँधेको अवस्थामा देखिएका थिए ।
’एक देश, दुई प्रणाली’को सिद्धान्तमा चलेका कारण चीन र हङकङका कानुन फरक छन् ।