प्रधानमन्त्रीद्वारा विश्व समुदायलाई लुम्बिनी भ्रमण गर्न आह्वान

आजभोलि

प्रधानमन्त्रीद्वारा विश्व समुदायलाई लुम्बिनी भ्रमण गर्न आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन् ।

भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध सङ्घले हानाम प्रान्तमा आयोजना गरेको कार्यक्रममा गौतम बुद्धको जन्मस्थल नेपाल बौद्धदर्शनको पनि उत्पत्तिस्थल भएकाले सबै बौद्ध धर्मावलम्बीले आफ्नो जीवनमा एक पटक लुम्बिनीको भ्रमण गर्नुपर्नेमा जोड दिए ।

‘बौद्ध धमावलम्बीको विश्व नेतृत्वतर्फ प्रयास र दिगो विकासका लागि जिम्मेवारी साझेदारी’ नाराका साथ उद्घाटन भएको तीनदिने कार्यक्रममा भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकले विश्वमा शान्ति र समन्वय स्थापना गर्न सो कार्यक्रम भियतनामको महत्वपूर्ण प्रयास भएको बताए ।

आइसिडिभीका संस्थापक अध्यक्ष तथा आइएबीयुका अध्यक्ष प्रा डा फ्रा ब्रमापण्डितले अन्तर्राष्ट्रियस्तरमा समाजमा शान्ति र समन्वयको सन्देश दिने सो कार्यक्रमको महत्वमा प्रकाश पारे। म्यानमाका राष्ट्रपति युविन मिन्तले बौद्धधर्मका शिक्षा तथा दैनिक जीवनका यसको उपयोगका विषयमा चर्चा गरेका थिए ।

राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले सो कार्यक्रमको सफलताको सन्देश पठाउँदै विश्वमा शान्ति र दिगो समाजका लागि शुभकामना व्यक्त गर्नुभएको पत्र पढेर सुनाइएको थियो । भियतनामले वैशाख दिवस बनाएको यो तेस्रो पटक हो । यसअघि सो मुलुकले सन् २००८ र २०१४ मा यस्तै कार्यक्रम आयोजना गरेको थियो ।

  • २९ बैशाख २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !