प्रदेश १ सरकारद्वारा हावाहुरी पीडितका लागि एक करोडको चेक हस्तान्तरण

आजभोलि

प्रदेश १ सरकारद्वारा हावाहुरी पीडितका लागि एक करोडको चेक हस्तान्तरण

 बारा पर्साका हावाहुरी पीडितका लागि प्रदेश एक सरकारले घोषणा गरेको एक करोड सहयोगको चेक हस्तान्तरण गरिएको छ ।

प्रदेश एकका मुख्यमन्त्री शेरधन राइले सोमबार प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपदमा प्रदेश एकले सानो सहयोग गरेर प्रदेश दुईको विपतमा सबै एकजुट रहेको सन्देश दिन खोजेको बताए ।

कार्यक्रममा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश एकको सहयोग प्रति आभार व्यक्त गर्दै मुलुक संघीय संरचनामा गएपछि प्रदेश प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ गरेको बताए । बारा पर्सामा चैत्र १८ गते आएको हावाहुरीबाट २९ जनाको मृत्यु भएको थियो भने करोडौको धनमालको क्षति भएको छ ।

  • ३० बैशाख २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !