नेपाल चिया उत्पादक संघले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदूरले आन्दोलन फिर्ता लिएका छन् ।
सरकारले तोकेको न् यूनतम ज्याला दिन चिया बगान र उद्योग संचालक नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदूर सडक आन्दोलनमा उत्रिएका थिए । सोमबार साँझ विर्तामोडमा नेपाल चिया उत्पादक संघ र चिया मजदूरले विभिन्न संघ संगठनका वार्ताकारबीच तीन बुँदे सहमति भएको हो ।
वार्तामा सहभागी अखिल नेपाल ट्रेड युनियन महासंघ एक नम्बर प्र्रदेशका उपाध्यक्ष सन्तकुमार राईका अनुसार सहमतिको पहिलो बुँदामा नेपाल सरकारले २०७५ साउन ३१ गते राजपत्रमा प्रकाशित गरी चिया बगान तथा कारखानामा काम गर्ने श्रमिकका तोकेको न्यूनतम पारिश्रमिक आधारभूत तलब २ सय ३१ रुपैयाँ, महंगी भत्ता १४५ र कारखानामा काम गर्ने नाइके तथा चौकीदारको अतिरिक्त भत्ता दैनिक ४२ रुपैयाँ सबै चिया बगान तथा कारखानामा कार्यान्वयन गर्ने उल्लेख छ ।
गत साउनदेखि नपाईरहेको पारिश्रमिक आगामी चैत मसान्तसम्ममा उद्योगी पक्षले मजदूरलाई भुक्तानी गरिसक्नुपर्ने सहमति गरिएको छ ।
चिया क्षेत्रमा कार्यरत ५० हजार मजदूर ४५ दिनदेखि न्यूनतम पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका थिए ।