प्याज र आलुलाई पानी चाहिन्छ कि चाहिँदैन भन्ने थाहा नपाउने अर्थमन्त्री बनाउँदा समस्या :सांसद गिरी

आजभोलि

प्याज र आलुलाई पानी चाहिन्छ कि चाहिँदैन भन्ने थाहा नपाउने अर्थमन्त्री बनाउँदा समस्या :सांसद  गिरी

नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले नेपाली समाज नबुझ्ने अर्थमन्त्री भएकाले विकास हुन नसकेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद गिरीले नेपालको बारेमा ज्ञान नभएका व्यक्तिहरू अर्थमन्त्री भएका कारण विकास हुन नसकेको बताएका हुन् ।

विगतमा कांग्रेसबाट प्रधानमन्त्री भएका व्यक्तिहरूका पालादेखि नै विदेशमा अध्ययन गरेर आएका व्यक्तिहरूलाई अर्थमन्त्री बनाउनुका कारण मुलुकको विकास हुन नसकेको बताए । लामो समययता कांग्रेसको समयमा पनि बाहिरबाट पढेर आएका पिएचडी गरेका गहुँ र धानको फरक थाहा नपाउने, प्याज र आलुलाई पानी चाहिन्छ कि चाहिँदैन भन्ने थाहा नपाउने अर्थमन्त्री बनाउँदा समस्या भएको बताए ।

उनले नेपालले आफ्नो मुलुक सुहाउँदो आर्थिक मोडेल बनाएर अगाडि बढ्न सुझाव दिए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रतिपक्षी मिडिया काउन्सिल विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरे । उनले संविधानको मर्म र भावनाविपरीत ल्याइएको भन्दै विधेयक फिर्ता लिन माग गरे ।

  • ३१ बैशाख २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !