नियन्त्रित बनाउन संसदमा मिडिया काउन्सिल सम्बन्धि विधेयक दर्ता गरीएको भन्दै नेपाल प्रेस युनियन मकवानपुरले सुचना तथा संचारमन्त्री गोकुलप्रसाद बास्कोटाको कार्यक्रम बहिष्कार गरेको छ ।
मंगलबार प्रदेश ३ को राजधानी हेटौंडामा डाटा सेन्टरको उद्घाटन गर्न हेटौंडा आएका सञ्चारमन्त्री बास्कोटा सहभागी भएको कार्यक्रमलाई प्रेस युनियनले बहिस्कार गरेको हो । प्रेस युनियनले देशैभरि मन्त्री बास्कोटाको कार्यक्रम बहिस्कार गर्दै आएको छ ।
नेपाल सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरेको आमसञ्चार विधेयकका विरुद्धमा मन्त्री बाँस्कोटाको कार्यक्रम बहिस्कार गरिएको नेपाल प्रेस युनियन मकवानपुरका शाखाका अध्यक्ष पोष्टराज अधिकारी ‘कुमार’ले जानकारी दिए ।
युनियनको केन्द्रीय कार्यक्रम अनुसार नै प्रेस युनियनले सञ्चारमन्त्रीको कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको अध्यक्ष अधिकारीले बताए ।
यसअघि युनियन मकवानपुर शाखाले सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको थियो ।
यसअघि कम्युनिस्ट सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री बास्कोटालाई प्रेस युनियनको नुवाकोट शाखाले कार्यक्रम बहिस्कार गरेर शुरुवात गरेको थियो ।
मिडियालाई नियन्त्रण गर्ने नियत राखि वर्तमान केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम संञ्चार लगायतका विधेयकका बिरुद्ध नेपाल प्रेस युनियन आन्दोलित भएको छ ।
मंगलबार मात्रै प्रेस युनियनले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई ज्ञापन पत्र बुझाइ विधेयकको विरोध गरेको छ ।