मिडिया काउन्सिल विधेयक विरुद्ध हेटौंडामा बृहत विरोध प्रदर्शन

आजभोलि

नागरिकको सूचना पाउने हकलाई कुण्ठित गर्ने मनसायले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्न लागेको भन्दै देशभरका पत्रकारहरुले आन्दोलन गरीरहेका छन् ।

यसैगरी बिहिबार बिहान हेटौंडामा पनि नेपाली सञ्चार क्षेत्र र सञ्चारकर्मीको घाँटी निमोठ्ने गरी ल्याउन लागिएको मिडिया काउन्सिल विधेयकको नेपाल प्रेस युनियन मकवानपुरले विरोध र्याली समेत निकालेको छ ।

युनियनले बिहिबार बिहान हेटौंडाको सिमा चोकबाट निस्किएको विरोध र्याली बुद्ध चोक हुँदै मकवानपुर् उद्योग बाणिज्य संग पुगेर पुनः सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

पत्रकारिताका क्रममा सामान्य कमजोरी भएकै भरमा १ करोड जरीवाना र १५ बर्ष सम्म कैद सजाय तोक्ने गरी विधेयक ल्याउनु स्वतन्त्र पत्रकारिता मात्र नभई आम नागरिकको अधिकारलाई समेत सरकारले नियन्त्रण गर्न खोजेको प्रेस युनियन मकवानपुरमा सचिव केशव समर्पणले बताए ।

कार्यक्रममा प्रेस युनियन मध्यमान्चल संयोजक राममणी दाहालले संसदमा पेश भएको विधेयकले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता कुण्ठित र प्रेस तथा अभिव्यक्ति सम्बन्धी मूल्य–मान्यता विपरीत रहेकाले यसलाई सच्याउन माग गरेका थिए ।

कार्यक्रममा प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीले प्रेस स्वतन्त्रतालाई राज्यले अविभाज्य अङ्गका रुपमा स्वीकार गरिसकेको अवस्थामा मिडिया काउन्सिललाई सरकार नियन्त्रित अङ्गका रुपमा स्थापित गर्ने र स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने उद्देश्यले विधेयक ल्याएको बताए । आफुहरुको आन्दोलन सरकार विरुद्ध र लोकतन्त्र विरुद्ध नभई प्रेस स्वतन्त्रताको पक्षमा भएको उनले स्पष्ट पारे।

मन्त्रिपरिषदबाट पारित भइ संसदमा पेश भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक, संसदमा बिचाराधीन रहेको विज्ञापन नियमन गर्न बनेको विधेयक, सूचना प्रविधिका सम्बन्धमा ब्यवस्था गर्ने बनेको विधेयक र संसदमा लैजाने तयारी भएको आमसञ्चार विधेयक लगायत पाइपलाइनमा रहेका विधेयकमा गरिएको जरिवाना तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था नेपालको स्वतन्त्र पत्रकारिताको घाँटी थिच्ने नियतले ल्याइएको नेपाल पत्रकार महासंघ र प्रेस युनियनको ठहर छ ।

आन्दोलनको क्रममा भोलि शुक्रबार नेपाल पत्रकार महासंघको आह्वानमा हेटौंडामा सञ्चार सामाग्री प्रदर्शन गरी प्रेस स्वतन्त्रताविरोधी विधेयक सच्याउन सरकारलाई दबाब दिने कार्यक्रम रहेको महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले बताए ।

  • २ जेष्ठ २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !