हेर्नुस् नेकपाको जनवर्गीय संगठनको संयोजक र सहसंयोजक तोकिए(सूचीसहित)

आजभोलि

हेर्नुस् नेकपाको जनवर्गीय संगठनको संयोजक र सहसंयोजक तोकिए(सूचीसहित)

नेपाल कम्युनिष्ट पार्टीले जनवर्गीय संगठनको भागवण्डा टुंग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सचिवालय बैठकले जनवर्गीय संगठनको एकता टुंगो लगाएको हो ।

बैठकले सबै जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको जिम्मेवारी टुंगो लगाएको छ । बैठकले अनेरास्ववियूको संयोजकमा पूर्वएमालेबाट ऐन महर, सहसंयोजकमा पूर्वमाओवादीबाट रञ्जित तामाङ, युवाको संयोजकमा पूर्वमाओवादीबाट रामप्रसाद सापकोटा दीपशीखा र सहसंयोजकमा पूर्वएमालेबाट रमेश पौडेल, महिलाको संयोजकमा पूर्वमाओवादीबाट अमृता थापामगर र सहसंयोजकमा पूर्व एमालेबाट सीता पौडेलको टुंगो लागेको छ ।

त्यस्तै वुद्धिजीवीको संयोजकमा पूर्वएमालेबाट डा दिनेशचन्द्र देवकोटा र सहसंयोजकमा पूर्वमाओवादीबाट कृष्ण केसी र मजदुरको संयोजकमा पूर्वएमालेबाट विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिंखडालाई चयन गरेको हो ।

यसैगरी पत्रकारको संयोजकमा पूर्वमाओवादीबाट महेश्वर दाहाल र सहसंयोजकमा पूर्वएमालेबाट गणेश बस्नेत चयन भएका छन् ।

  • २ जेष्ठ २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !