वर्तमान सरकार लोकतन्त्र समाप्त पार्ने षड्यन्त्रमा छ: नेता पौडेल

आजभोलि

वर्तमान सरकार लोकतन्त्र समाप्त पार्ने षड्यन्त्रमा छ: नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र सुधारको खाँचो रहेको बताएका छन् ।

राष्ट्रिय जागरण अभियानको क्रममा नेपाली काङ्ग्रेस क्षेत्र नं १ तनहुँले बिहिबार बन्दीपुरको डुम्रेमा आयोजना गरेको क्षेत्रीय भेलामा बोल्दै नेता पौडेलले पार्टीकै नेताहरुको कार्यशैली सुध्रन नसके पार्टी बलियो हुन नसक्ने बताए ।

महासमिति बैठकबाट पारित भएको समावेशी विधान उल्ट्याउन सभापति नै लागेको आरोप लगाउँदै उक्त निर्णयमा आफ्नो असहमति रहेको उनले बताए ।

पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने अहिलेको प्रमुख आवश्यकता भए पनि पार्टीकै नेताहरुको गतिविधिका कारण त्यस्तो हुन नसकेको उनको भनाइ थियो ।

वर्तमान सरकार लोकतन्त्र समाप्त पार्ने षड्यन्त्रमा लागेको उनले आरोप लगाए ।

नगर तथा गाउँस्तरीय भेला जेठ १५ गते शुक्लागण्डकीको दुलेगौँडामा, जेठ १६ गते भानुमा, जेठ १७ गते रिसिङमा, जेठ १८ गते घिरिङमा, जेठ १९ गते देवघाटमा, जेठ २० गते आँबुखैरेनीमा, जेठ २१ गते म्याग्देमा, जेठ २२ गते बन्दीपुरमा, जेठ २३ गते भिमादमा र जेठ २४ गते व्यास नगरपालिकामा हुने काङ्ग्रेस तनहुँले जनाएको छ ।

काङ्ग्रेसको जागरण अभियानअन्तर्गत तनहुँको दुईवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय भेला सम्पन्न भएको छ ।

  • २ जेष्ठ २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !