प्रधानमन्त्री केपी शर्मा ओलीले जेम एन्ड ज्वेलरी धेरै सम्भावना भएको क्षेत्र भए पनि ओझेलमा परेको बताएका छन् ।
खानी तथा भूगर्भ विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त रुपमा आयोजना गरेको तीन दिने अन्तर्राष्ट्रिय जेम एन्ड ज्वेलरी प्रदर्शनीको शुक्रबार उद्घाटन गर्दै उनले यो क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्ने खाँचो रहेको बताए ।
नेपालमै रहेको फलाम, सुनलगायतका वस्तुको उत्खनन्का लागि सरकारले नीति तथा कार्यक्रम र बजेट नै व्यवस्था गरेको उनले बताए । यो व्यवसाय मानवीय सुन्दरता,प्रेम,सुरक्षाभाव आदि सँग सम्बन्धित भएको उनको दाबी छ ।
मेलामा नेपाली पत्थरसहित सुन, चाँदी, जेम तथा रक र मिनरल्स लगायत ६० वटा अवलोकन कक्ष राखिएको छ । विभागको कार्यालय लैनचौरमा आयोजित प्रदर्शनी आइतबारसम्म चल्नेछ ।