श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बाध्यताले वैदेशिक रोजगरीमा जाने अवस्था अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन जरुरी रहेको बताएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धमा बुटवलमा बुधबार आयोजना गरेको प्रदेशस्तरीय अन्तक्र्रियामा उनले कार्यक्रमको प्रभावकारी कार्यान्वयनपछि काम गरेर बाँच्न पाउने अवसर सिर्जना हुने बताए ।
उनले उक्त कार्यक्रम कार्यान्वयनका लागि ७५३ वटा स्थानमा रोजगार संयोजक छनोट भएको जानकारी दिए । तीनै तहका सरकार र निजी क्षेत्रबीचको समन्वय र साझेदारीमा रोजगारीका नयाँ अवसर सिर्जना गरी यो वर्ष झण्डै ५० हजार र अर्को वर्ष थप पाँच लाख व्यक्तिलाई रोजगारी दिने मन्त्री विष्टले प्रतिबद्धता जनाए ।