७ करोड नक्कली भारतीय नोटसहित विमानस्थलबाट तीन जना पाकिस्तानी पक्राउ

आजभोलि

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार रुपैया भारतीय नक्कली नोटसहित तीनजना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पाकिस्तानी नागरिक नसिरउद्धिन, मोहम्मद अख्तर र नादिया अनवरलाई नक्कली नोटसहित पक्राउ गरिएको हो । उनीहरु तीनैजना कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

चेकजाँचका क्रममा उनीहरु पक्राउ परेका हुन् ।उनीहरुको स्वागतका लागि पुगेका युनुस अन्सारी, उनका साला र चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । तीन जना पाकिस्तानी नागरिक इस्लामावादबाट दोहा पुगेका थिए ।

दोहामै नक्कली नोट तयार पारेर नेपाल आएका थिए । प्रारम्भीक अनुसन्धानका क्रममा युनुस नै नक्कली नोट कारोबारका मुख्य योजनाकार हुन सक्ने आशंका प्रहरीको छ ।

  • १० जेष्ठ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !