प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई सुरक्षित समाज र विकास निर्माणमा साझेदारी गराउँदै अगाडि बढाउने बताएका छन् ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीमा पर्यटन प्रहरीको कार्यालय उद्घाटन गर्दै महानिरीक्षक खनालले प्रहरीमाथि समाजले विश्वास गर्ने वातावरण तयार गर्न लागिपरेको बताए ।
पर्यटन प्रहरी पर्यटकको सुरक्षासँगै आम समुदायका लागि स्थापना गरिएको भन्दै
खनालले पर्यटकीय नगरी सुरक्षित बनाउन आवश्यक रहेको बताए ।