खाना पकाउने ग्याँस लिक हुँदा एकै परिवारका चारसहित सात जना घाइते

आजभोलि

खाना पकाउने ग्याँस लिक हुँदा एकै परिवारका चारसहित सात जना घाइते

बाराको डुमरवानामा खाना पकाउने ग्याँस सिलिण्डर लिक हुँदा एकै परिवारका चारसहित सात जना घाइते भएका छन् । घाईतेहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ डुमरवाना स्थित स्याउली बजारको नरमान थिङ्गको घरमा ग्याँस सिलिन्डर लिक भएर सो दुर्घटना भएको हो । घटनामा परि ६७ वर्षीय नरमान थिङ्ग, उनकी बुहारी ३२ वर्षीया ज्ञानी मायाँ थिङ्ग , ३२ वर्षीय बौद्धमान थिङ्ग र ३२ वर्षीय अनिता थिङ्ग घाइते भएका छन् ।

त्यसैगरी छिमेकीहरु ५२ वर्षीया दिल्ली माया वाईबा, ५५ वर्षीया साई माया वाईबा, ३२ वर्षीया दिलमाया वाईबा पनि घाइते भएका छन् । घाईते मध्ये चार जनाको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भईरहेको छ भने गम्भीर घाईते तीन जनाका वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनीहरुको शरीरको विभिन्न भाग र कपाल जलेको छ । प्रहरीका अनुसार रेगुलेटर जोड्ने क्रममा ग्याँस लिक भएको र आगो सल्किएको बताइएको छ ।

  • २४ जेष्ठ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !