नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी धर्म र संस्कृतिलाई चलाउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद केसीले सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोध गर्दे काठमाण्डौ उपत्यकाका नेवार समुदायको धर्म र संस्कृतिमाथि प्रहार गर्ने काम भए उपत्यका घेराबन्दी हुने चेतावनी दिए।
सरकारले ल्याएको विधेयकबाट गुठीयारहरु आतंकित भएको भन्दै उनले विधेयक उपत्यकावासीलाई कुनै पनि अवस्थामा स्वीकार्य नहुने चेतावनी दिए । धर्म संस्कृतिको संरक्षणको लागि मण्डलामा आएका सर्वसाधरणलाई सरकारले निर्मम ढंगले लाठी प्रहार गर्ने काम भएको भन्दै उनले घटनाको घोर भर्त्सना गरे।
उनले विधेयक फिर्ता नलिएर त्यसको विरोधमा काठमाण्डौ घेराबन्दी हुने र भयाभह स्थित सिर्जना हुने चेतावनी दिए। प्रधानमन्त्रीले विदेशीको धर्म प्रचारप्रसार गरेर हिन्दु धर्म समाप्त पार्ने खेलमा लागेको आरोप उनले लगाए।
उनले हिन्दू धर्म मात्रै नभई बौद्ध लगायतका धर्मका पनि गुठीहरु रहेको भन्दै धर्म संस्कृति ध्वस्त पार्ने गुठी विधेयक तत्काल फिर्ता गर्न माग गरे।