महानगरको स्वास्थ्य सेवाका ४० पदमा १,२९४ को दरखास्त

आजभोलि

महानगरको स्वास्थ्य सेवाका ४० पदमा १,२९४ को दरखास्त

काठमाडौं महानगरको स्वास्थ्य सेवामा काम गर्न जना उम्मेद्वारको दरखास्त परेको छ ।

परीक्षा सञ्चालन तथा शिफारिस समितिले स्वास्थ्य सेवातर्फ ४ पदमा करार सेवाबाट पदपूर्ति गर्न जेठ २ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो । आर्थिक बर्ष २०७५/०७६ को १ नं. बिज्ञापनका रुपमा सातौं तहका १० जना मेडिकल अधिकृत माग गरिएको छ ।

त्यस्तै सहायक स्तर पाँचौंका हेल्थ असिस्टेन्ट, स्टाफ नर्स र ल्याब टेक्निसियनमा क्रमश १०÷१० जना कर्मचारी माग गरिएको छ । श्रेणीबिहिन कार्यालय सहयोगीमा ४ जनाको माग गरिएको छ ।

लिखित र अन्तरवार्ताबाट परीक्षा लिइने यस प्रतिस्पर्धामा सातौं तहको मेडिकल अधिकृतमा १९ जनाको दरखास्त परेको, मानव संशाधन महाशाखा प्रमुख बखत साउदले जानकारी दिए । उनकाअनुसार सहायक स्तर पाँचौं तहका ३ पदहरु हेल्थ असिस्टेन्ट, स्टाफ नर्स र ल्याव टेक्निसियनमा क्रमश ३०८, ५७८ र ३८९ जनाको दरखास्त परेको छ । त्यस्तै श्रेणीबिहिन कार्यालय सहयोगीमा २४४ जनाको दरखास्त परेको छ ।

अधिकृत स्तर सातौंका लागि एमबिबिएस वा सो सरहको उपाधि शैक्षिक योग्यता भएका प्रतिस्पर्धीको दरखास्त लिइएको छ भने हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र स्टाफ नर्सका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सामान्य चिकित्सा, ल्याब टेक्निसियन र स्टाफ नर्स बिषयमा प्रमाण पत्र तहसरहको योग्यता तोकिएको छ । यी पदहरुका लागि सम्बन्धित काउन्सिलको प्रमाण पत्रलाई अनिवार्य गरिएको छ । कार्यालय सहयोगीको शैक्षिक योग्यता आठ कक्षा उत्तीर्ण हो ।

  • २८ जेष्ठ २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !