प्याब्सनका जिल्ला उपसचिव गुरूङको निधन, आइतबार राजधानीका निजी विद्यालय बन्द

आजभोलि

प्याब्सनका जिल्ला उपसचिव गुरूङको निधन, आइतबार राजधानीका निजी विद्यालय बन्द

एन. प्याब्सन र प्याब्सनद्वारा शुक्रबार एक विशेष विज्ञप्ति जारी गर्दै असार १ गते आइतबार काठमाडौं जिल्लाअन्तर्गत रहेका सबै निजी विद्यालय बन्द हुने भएको छ ।

नेसनल प्याब्सनका काठमाडौं जिल्ला उपसचिव एवं कान्तिपुर एकेडेमी जोरपाटीका प्रिन्सिपल तथा गोकर्णेश्वर नगर समितिका अध्यक्ष बालकुमार गुरुङको जेठ ३० बिहीबार भएको निधनप्रति शोकबिदा दिने जनाइएको हो ।

प्याब्सन अध्यक्ष काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र एन. प्याब्सन अध्यक्ष काठमाडौंका अध्यक्ष विष्णुप्रसाद पराजुलीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा श्रद्वेय गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै उक्त एक दिन विद्यालय बन्द गरी यस दुखद घडीमा साथ दिन सम्बन्धित सबै विद्यालय तथा संघसंस्थाहरूलाई विशेष अनुरोध गरिएको छ ।

लामो समय देखि शिक्षा क्षेत्रमा सकृय गुरुङको उपचारका क्रममा विहिवार मेडिसिटी हस्पिटलमा निधन भएको थियो । बे्रन ह्यामरेजको अपरेशसन असफल भएपछि उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

  • ३१ जेष्ठ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !