दाङमा सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलान भत्कँदा तीन जनाको मृत्यु भएको छ ।
लमही नगरपालिका वडा नम्बर ७ मा रहेको सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणका क्रममा ६ तल्ला माथिको ढलान भत्किँदा भारतीय मजदुरको मृत्यु भएको हो ।
घटनामा अन्य तीन जना मजदुर घाइते भएका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारत झारखण्डका ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हेरेन र ४६ वर्षीय साहेव छन् । घटनामा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन् । घाइतेमध्ये अजय र नरेनलाई लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ ।