पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सांसदलाई ल्यापटप दिने प्रस्ताव सुनेर आफू लज्जित भएको बताएका छन् ।
उनले ट्वीट गर्दै फेरि सांसदलाई ल्यापटप भन्ने अर्को हास्यास्पद प्रस्ताव ल्याइएको सुन्नु पर्दा आफू लज्जित भएको उल्लेख गरेका हुन् ।
उनले निजी उपभोगका साधन कसैलाई सार्वजनिक कोषबाट वितरण गर्नु नैतिक र लोकतन्त्रमा कानुनी अपराध पनि भएको बताएका छन् । । उनले के हामी लोकतन्त्रलाई बदनाम गर्ने र हत्या गर्ने दिशामा जाँदैछौं भन्दै प्रश्नसमेत गरेका छन् ।
संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदलाई एक–एक थान ल्यापटप दिन प्रक्रिया अघि बढाएको छ । सांसदहरुलाई ल्यापटप वितरण गर्नका लागि राज्यकोषबाट करिब साढे तीन करोड रुपैयाँ खर्च गरिँदैछ ।