प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज मारिएका छन् ।
सर्लाहीको लालबन्दीमा प्रहरीसँग गोली हानाहान हुँदा जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका हुन् ।
गस्तीमा रहेको इलाका प्रहरी कार्यालय लालबन्दीको टोली र विप्लवका कार्यकर्ताबीच लालबन्दी नगरपालिका १ लखनदेही खोला छेउमा झडप भएको हो । मोटरसाइकलमा रहेका विप्लवका कार्यकर्तालाई सुरक्षा जाँचका क्रममा रोक्ने क्रममा भिडन्त भएको दाबी २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।