रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा थुनिएका १७ जना कामदारलाई सकुशल उद्धार गरिएको छ ।
उनीहरुलाई बिहान सात बजे सुरुङबाट सकुशल उद्धार गरिएको रसुवाका डिएसपी भागेन्द्र पुरुष ढकालले जानकारी दिए ।
गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ११ नेपाली र ६ चिनियाँ नागरिक भित्र थुनिएर अलपत्र परेका थिए ।
अहिले पनि पहिरो जाने क्रम नरोकिएकोले आयोजनाको काम भने बन्द गरिएको डिएसपी ढकालले जानकारी दिए ।