नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार २२ गते बस्ने

आजभोलि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार २२ गते बस्ने भएको छ ।

नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावलीमाथि छलफल, राष्ट्रिय जागरण अभियान पहिलो चरणको कार्यक्रम समीक्षा लगायतका लागि बैठक बोलाइएको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ती जारी गरी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आषाढ २२ गते आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने जानकारी गराएका हुन् । त्यस्तै भातृ एवं शुभेच्छुक संस्थाको विधान, समसामिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ । बैठकमा उपस्थितिका लागि पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुलाई अनुरोध गरिएको छ ।

  • ६ असार २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !