काङ्ग्रेसले जागरण अभियानका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने

आजभोलि

नेपाली काङ्ग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरणमा खटाएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग बुधबार छलफल एवं अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयमा जागरण अभियानको प्रथम चरणका सबै केन्द्रीय प्रतिनिधिसँग बुधबार अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ ।

कार्यक्रममा अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुले आफूले तयार गरेको प्रतिवेदन र अनुभवका बारेमा केन्द्रीय नेतृत्वसँग छलफल गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अभियानको एक महीनामा सबै जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरमा दुई हजारभन्दा बढी बैठक, भेला, आन्तरिक सभाहरु, खुला सभा, ¥याली, विचार–बहसलगायत कार्यक्रम सम्पन्न भएका पार्टी कार्यालयले जनाएको छ ।

जागरण अभियानको प्रथम चरण गत वैशाख २५ मा प्रारम्भ भई जेठ २५ गते सम्पन्न भएको थियो । अभियानको दोस्रो चरण आगामी भदौ २४ गते बिपी जयन्तीका दिन प्रारम्भ भई असोज ७ गतेसम्म चल्ने र तेस्रो चरण आगामी पुस ७ गते प्रारम्भ भई पुस १६ गते मेलमिलाप दिवसमा समापन गरिनेछ ।
–––

  • १० असार २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !