वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जाने कामदारहरूले दिएको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने कामदारको भाषा परिक्षा जेठमा लिइएको थियो ।
सन् २०२० का कोरियाले कामदारका रुपमा लैजान निर्धारण गरेको कोटा भन्दा २ हजार बढी परीक्षार्थीहरू उत्तीर्ण भएका छन् । दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ। यस परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार छनोट गरी लैजाने भएको हो।
प्रकाशित नतिजाअनुसार १२ हजार १५ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। परीक्षामा ८४ हजार २ सय १५ जना सहभागी भएका थिए।