जिल्ला प्रहरी कार्यालय रौतहटले ४ वर्षीया छोरीको हत्याको अरोपमा उनका बाबुलाइ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन्
उनले जीवन बीमा कम्पनीबाट पाउने रकमको लोभमा आफ्नी छोरीको हत्या गरेको स्वीकारेका छन् । घरमा आमासँगै सुतिरहेकै अवस्थामा हराएकी बालिकाको शव भोलिपल्ट बिहान गाँउकै पोखरीमा भेटिएको थियो ।
अनुसन्धान गर्ने क्रममा राम किशोरको गतिविधि शंकास्पद लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले नाक र मुख थुनेर छोरीको हत्या गरेको स्वीकारेका छन् ।
छोरीको हत्या गर्ने र बीमाको रकम निकाल्ने योजना अनुरुप नै उनले प्रभु लाइफ इन्सुरेन्सबाट १९ जेठमा छोरीको २५ लाखको जीवन बीमा गराएको अनुसन्धानमा खुलेको प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।