बाल सचेतना केन्द्र नेपालको आयोजनामा घरेलु बाल श्रम विरुद्धको जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार काठमाडौं महानगरपालीका ६ बौद्ध स्थित जनकल्याण माध्यमिक बिद्यालयमा आयोजीत कार्यक्रमको प्रमुख अतिथि काठमाडौं महानगरपालीका कार्यपालिका सदस्य लक्ष्मी श्रेष्ठ तथा विशेष अतिथि बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्त लामा थिए ।
बालबालीकाले आफुले पाउनुपर्ने अधिकार पाउन सकेका छैनन् । उनिहरु सडकमा छन् । उनिहरु कन्टेनरमा फालिएका फोहोरमा भविष्य खोज्दै छन् । सामाजीक सुरक्षाका सवालमा बालबालीकालाई जोडिन्छ । तर यस खाले सामाजीक सुरक्षाको मुद्दामा सरोकारवालाहरुको प्रयास कतिको सफल छ ,उनिहरुको अभियानले कतिको सार्थकता पाउदै छ, त्यसवारेमा सबैले सोच्न पर्ने अवस्था आएको छ ।
बालअधिकारका बारेमा चर्का नारा दिनेहरु नै घरमा कलिला बालबच्चाहरुलाई काम लगाएर बालअधिकारका चर्का नारा मञ्चमा उभिएर दिईरहेका हुन्छन् ।
बालश्रमले बालबालिकालाई उनीहरूको भविष्य राम्रो बनाउन अपरिहार्य शिक्षाबाट वञ्चित गराउँदछ। किनकी बालश्रमको कारणले बालबालिकाले शिक्षाबाट हासिल गर्नुपर्ने ज्ञान, तालिम र सीप गुमाउँदछ।
हो यी र यस्तै विषयलाई मध्यनजर गर्दै उक्त कार्यक्रममा बाल सरोकार केन्द्र नेपाल काठमाडौंका सहाएक प्रबन्धक बिष्णु प्रसाद पौडेल र कानुनविद् दिलेन्द्र ढकालले उपस्थित बालबालिकाहरुलाई प्रसिक्षण दिएका थिए ।
कार्यक्रम संचालन बालसचेतना केन्द्र नेपालका उपाध्यक्ष नारायण प्र. अधिकारीले गरेका थिए भने संस्थाको तर्फबाट स्वागत मन्तव्य कोषाध्यक्ष शर्मिला उप्रेतीले गरेकी थिईन् ।
यसै अवसरमा बालसचेतना केन्द्र नेपालका अध्यक्ष बावुराम फुयालले गरिबी र देशको अल्पविकास नै बालश्रमका कारक तत्व रहेको बताउँदै बालश्रम विरुद्ध सामाजिक सचेतना र सरोकार बढाउने उद्धेश्यले कार्यक्रम संचालन गरेको बताए ।
कुनै पनि देशको विकास उसका बालबालिकाको कति संख्याले बाल अधिकार पाएका छन् भन्ने आधारमा देखिकाले देशको भविष्य पनि तिनै बालबालिकाको भविष्यमाथि निर्भर रहेको उनले बताए ।
बालबालिकालाई काममा लगाउनुको मूल कारण नै श्रम सम्बन्धी ऐन कानूनको अपर्याप्तता र अप्रभावकारी कार्यान्वयन भएकाले अबका दिनमा सम्पूर्ण बालबालिका र तिनका अभिभाबकलाई बाल श्रम विरुद्धको जनचेतना दिनुपर्ने उनको भनाई रहेको छ ।
कार्यक्रममा २५ जना बालबालीका ,समाजसेवि, शिक्षक, महिला, समाजका अगुवाहरु, वडाका विभिन्न संघ संस्थाका प्रमुख, एवम् प्रतिनिधी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।