नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सङ्गठनलाई मजबुत बनाउन पार्टीको १४ औँ महाधिवेशन चाँडो हुुनुपर्ने बताएका छन् ।
नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–२६ वडाले आईतबारआयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा बोल्दै उनले संविधानको नेतृत्व गर्ने काङ्ग्रेसले संविधानअनुसार पार्टी संरचना लैजानका लागि चाँडो महाधिवेशन गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।
उनले सरकारले ल्याएको गुठी विधेयक, मानव अधिकार विधेयक, मिडिया काउन्सिल विधेयकलगायतका विधेयकमा सरोकारवाला निकाय र मन्त्रालय÷मन्त्रालयबीच समन्वय हुन नसक्दा सरकार नेतृत्व विहीन जस्तो बन्न पुगेको आरोप लगाए ।
उनले पार्टीमा प्रवेश गर्नेलाई पार्टीको विधि, विधान र नियमावलीअनुसार अगाडि बढ्न सुझावसमेत दिएका थिए ।