माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न

आजभोलि

माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न

नेपालमा ११ वर्षपछिकै ठूलो जलविद्युत परियोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । माथिल्लो त्रिशुली थ्री ’ए’ बाट ६० मेगावाट विद्युत् उत्पादन सुरु भएको हो ।

यो आयोजनाको पहिलो युनिटबाट गएको जेठ २ गते नै ३० मेगावाट विद्युत् उत्पादन भैसकेको छ । दोस्रो युनिट पनि ७२ घण्टा परीक्षण सम्पन्न भएको छ । अहिले माथिल्लो त्रिशुली थ्री ए’ बाट ६० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

यससँगै २०६५ मा मध्यमस्याङ्दीपछि सबैभन्दा ठूलो आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

घिसिङले नुवाकोटको किस्पाङ ५ सिम्लेस्थित स्विचयार्डको कन्ट्रोल रुममा पुगेर आयोजनाको निर्माण सकिएको घोषणा गरे । यद्यपि आयोजनाको दोस्रो युनिट अहिले पनि परीक्षण उत्पादनकै क्रममा छ ।

परीक्षण उत्पादन सफल सकिएपछि व्यवसायिक उत्पादन सुरु हुनेछ । पहिलो युनिटले उत्पादन थाले यता यो आयोजनाबाट हालसम्म २ करोड २० लाख युनिट विजुली उत्पादन भइसकेको घिसिङले जानकारी दिए । आयोजनाबाट दैनिक १४ लाख ४० हजार युनिट विद्युत उत्पादन भैरहेको छ ।

  • १८ श्रावण २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !