भारतीयअन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ ।
अन्तरिक्ष अनुसन्धान संस्थाकाअनुसार मंगलबार बिहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमाचन्द्रयान–२ लाई राख्ने कार्य सम्पन्नभएको हो ।चन्द्रमाको कक्षबाट चन्द्रमाको सतहकरिब १सयकिलोमिटर टाढा रहेको छ ।
अबचन्द्रयान–२ लाई सतहमाउतार्ने प्रक्रिया शुरु हुने जनाइएको छ ।आउँदो सेप्टेम्बर ७माचन्द्रमाको दक्षिणी क्षेत्रमाचन्द्रयान–२ अवतरण गर्नेछ संस्थानले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । चन्द्रयानको अवस्था र गुणस्तर राम्रो भएकाले चन्द्रमामाअवतरण सफलहुने जनाइएको छ ।
यो यानगतजुलाई २२ कादिन पृथ्वीबाट प्रक्षेपण गरिएको थियो ।चन्द्रयान–२ आजसम्मचन्द्रमाको कसैले पाइला नटेकेको दक्षिणी क्षेत्रमाअवतरण गर्नेछ । चन्द्रयानमाअर्बिटर, ल्यान्डर र रोभर रहेका छन् ।