मेलम्ची आयोजना कार्यालय वरपर निषेधित क्षेत्र घोषणा

आजभोलि

 मेलम्ची खानेपानी आयोजना स्थानीय कार्यालय वरपर प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले शुक्रबार आदेश जारी गर्दै सिएमसी कम्पनीका पीडितले सो कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको माग गरी प्रदर्शनमा उत्रेपछि निषेधित क्षेत्र घोषणा गरेकी हुन् ।

जिल्लास्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालय, मुहान, सुरुङ क्षेत्रमा हुलदङ्गा र अशान्ति नमच्चाउन आग्रह गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३(क) बमोजिम आजदेखि अर्काे आदेश जारी नभएसम्म अम्बाथान, खानेपानी, ग्याल्थुम सुरुङ र सिन्धु सुरुङ जाने बाटोमा हुलदङ्गा र अशान्ति गर्ने उद्देश्यले पाँच जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरिएको छ ।

त्यस्तै अम्बाथानमा पूर्वतर्फ सामुदायिक वन, पश्चिमतर्फ मेलम्ची खोलाको पहरो, उत्तरमा पार गाउँ जाने बाटो र दक्षिणमा तीम्ब खोला वरपर २०० देखि ५०० मिटर आज ३ बजेदेखि अपराह्न ५ बजेसम्म र भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्काे व्यवस्था नहुञ्जेलसम्म जान निषेध गरिएको छ ।

मेलम्ची खानेपानी कार्यालयमा पूर्वमा इन्द्रवती खोलाको बगर पश्चिमतर्फ श्री नं २ जगदल गण, ब्यारेक कार्यलय, उत्तरमा परीचोक जाने बाटो र दक्षिणमा धितालबेँसी चोक २०० देखि ५०० मिटरसम्म पनि आज ३ बजेदेखि अपराह्न ५ बजेसम्म र भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्काे व्यवस्था नहुञ्जेलसम्म जान निषेध गरिएको छ ।

ग्याल्थुम सुरुङ पूर्वमा भुसुने पाखो, पश्चिमतर्फ ग्याल्थुम खोला, उत्तरतर्फ लाभ गाउँ र दक्षिण खरभूजे चोक २०० देखि ५०० मिटर क्षेत्रमा पनि भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्काे व्यवस्था नहुञ्जेलसम्म जान निषेध गरिएको छ ।

यसैगरी ग्यालथुम सुरुङ जाने बाटोमा पूर्वमा थापाटोल लाभ गाउँ, पश्चिममा साल्मेचोक, उत्तरमा चिलौने बस्ती र दक्षिणमा सिन्धुखोलाको २०० देखि ५०० मिटर क्षेत्रलाई पनि भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्काे व्यवस्था नहुञ्जेलसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

  • २० भाद्र २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !