सर्वोच्च अदालतले शनिबार हुन लागेको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबिबिएस प्रवेश परीक्षा रोक्न अन्तरिम आदेश दिएको छ ।
आयुष ओझाले चिकित्सा शिक्षा ऐन विपरीत परीक्षा लिन लागिएको भन्दै अदालतमा रिट दायर गरेका थिए । रिटको सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले शुक्रबार परीक्षा रोक्न आदेश दिएको हो ।
इजलाशले दुवै पक्षलाई राखी छलफल गर्नुपर्ने भएकाले २५ गते छलफलका लागि सूचना जारी गर्ने आदेश दिएको छ ।