सत्य घटनामा आधारित गीत ‘जालमा फसायौ २’ सार्वजनिक

आजभोलि

वास्तविक घटनामा आधारित लोकदोहोरी गीत जालमा फसायौको भाग २ सार्वजनिक भएको छ ।

नेपाली युवा विदेशि भुमिमा ज्यान गुमाउँदा त्यसबाट परिवारमा पर्न गएको बेदनालाई भाग १ मा समेटिएको थियो भने भाग २ मा आफन्त (ज्वाई) गुमाउँदा माईति पक्ष ( आमा, बुबा, दाई, भाउजु) लाई पर्न गएको बेदनालाई समेटिएको डिएआर मुभिजका राजाराम गौतमले बताए ।

जालमा फसायौ २ गीतबाट भएको कमाई÷रकम सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावति गाउँपालिका वडा नं ५ एसेलुखर्कमा रहेको, मिना थापाले संचालन गर्नुभएको मदर सिस्टर नेपाल बालगृहलाई दिने गौतमले जानकारी दिनुभयो । बालगृहमा विनाशकारी भुकम्पबाट आफ्ना अभिभावक गुमाएका २७ जना बालबालीकाले संरक्षण पाईरहेका छन् ।

जालमा फसायौ २ मा स्वर बिमाकुमारी दुरा, गीतादेवी, पार्वती कार्कि, प्रभावन जे र भुवन प्रकाश बडुको रहेको छ ।

परिकल्पना तथा निर्देशन प्रभावनजेको रहेको म्युजिक भिडियोमा अग्रज कलाकार रमा थपलिया, भुवन प्रकाश बडु, पार्वती कार्कि, सानु पाण्डे, पुष्प अवस्थि, दामोदर गौतम, सरोज दाहाल र सहयोगी कलाकारको रुपमा पुजा पाठक, राम प्रसाद न्यौपानेले अभिनय गरेका छन् ।

प्रभावन जेको लय, शब्द तथा संगीत संयोजन रहेको गीतको ध्वनी सम्पादन मनोज डंगोल, एरेन्ज भुवन प्रकाश बडु र जिवन बडु ले गरेका छन् भने बिग परिवेश स्टुडियोमा गीत रेर्कड गरिएको हो ।
व्यवस्थापन विवेक चौलागाई, श्रृगार शर्मिला सुनार, व्यवस्थापन सहायक कृष्ण गौतम र गोकुल दंगालले गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकिय नगरि धुलिखेल र रोशि गाउँपालिकामा छायाँकन गरिएको म्युजिक भिडियोमा ड्रोन÷क्यामेरा रोनिश तामाङ, कला राजाराम गौतम, सहायक निर्देशन÷सम्पादन नविन भट्टको रहेको छ भने परिकल्पना तथा निर्देशन प्रभावनजेको रहेको छ ।

लामो समयको (६ महिना भन्दा बढी) पूर्व तयारी गरी ४ दिन लगाएर शुटिङ गरिएको गित २८ मिनेटको रहेको डिएआर मुभिजका राजाराम गौतमले जानकारी दिए ।

https://www.youtube.com/watch?v=HoR3iYYglRE&t=18s

  • २१ भाद्र २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !