दशैंको टीकाको साइत १० बजेर ३५ मिनेटमा

आजभोलि

यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको दशैंको टीकाको साइत २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको हो ।

त्यसअघि मंगलबार बिहानै ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको उहाँले जानकारी दिनुभयो । यस्तै, १३ गते सोमबार नेपाली सेनाको झण्डा फर्ने साइत बिहान १० बजेर २५ मिनेटमा रहेको छ ।

सेनाले पश्चिम फर्केर झण्डा फेर्दा राम्रो हुने उहाँको भनाइ छ । यसैगरी १६ गते पचली भैरव यात्रा र १८ गते शनिबार फूलपातीको दिन तुलजा भवानी यात्रा बिहान ८ बजेर ५२ मिनेटमा गराउँदा उत्तम हुने गौतमले जानकारी दिए । ८ बजेर ५२ मिनेटमा यात्रा गराइएको तुलजा भवानीको १० बजेर ५ मिनेटमा आशनमा राख्न उपयुक्त हुने उनले बताए ।

टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा भए पनि टाढा पुग्नुपर्नेले भने छिटै टीका लगाउने गरेको पनि पाइन्छ ।

  • २२ भाद्र २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !