उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने : एसएपी ढकाल

आजभोलि

उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने :  एसएपी ढकाल

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने योजना अघि सारेको छ ।

महाशाखाका नवनियुक्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले काठमाडौं उपत्यकाको सडकको लाईट व्यवस्थापनको कामलाई आफूले उच्च प्राथमिकता दिने बताएका हुन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सडक व्यवस्थापनका लागि प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा आफ्नो मुख्य जोड रहने कार्ययोजना पनि सार्वजनिक गरे ।

नवनियुक्त प्रमुख ढकालले काठमाडौं उपत्यकाको सडक व्यवस्थापनका लागि स्मार्ट ट्राफिक पुलिसको अवधारणा पनि अघि सारेका थिए । जिम्मेवार, अनुशासित ट्राफिक प्रहरीको व्यवस्थापन गरी सडकको ट्राफिक व्यवस्थापनको कामलाई अझ बढि प्रभावकारी बनाउने उनको भनाई छ ।

प्रमुख ढकालले ट्राफिक व्यवस्थापन सम्बन्धि कानुन कार्यान्वयनमा पनि कडाई गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसैबीच, महाशाखाले चोरी भएका १८ वटा मोटरसाईकल नियन्त्रणमा लिई सवारी धनीलाई बुझाएको छ । सोमबार रामशाहपथस्थित महाशाखाको कार्यालय परिसरबाट काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट चोरी भई नियन्त्रणमा लिएका सो मोटरसाईकल सवारी धनीलाई हस्तान्तरण गरेको हो ।

त्यस क्रममा सो मोटरसाईकल चोरीमा संलग्न काठमाडौं नागार्जुनका २६ वर्षीय प्रदिप खड्गी, सोही ठाउँका २५ वर्षीय रोशन खड्कालाई पनि पक्राउ गरिएको महाशाखाका प्रमुख ढकालले जानकारी दिए ।

  • २३ भाद्र २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !