नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सरकारले संविधानलाई नै तोडमोड गर्न खोजेको आरोप लगाएका छन् ।
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घको तेस्रो वार्षिक साधारणसभाको नवलापरासीको गैँडाकोटमा उद्घाटन गर्दै उनले काङ्ग्रेस यसमा सतर्क रहेको बताए ।
महामन्त्री कोइरालाले भने, ‘तपाइँहरुको साथ र सहयोग रह्यो भने हामी संविधानलाई तोडमोड गर्न दिदैनौं ।’
जननायक बिपी कोइरालाले २०१२ सालमा नेपालमा संविधानसभामार्फत बनेको संविधान चाहिन्छ भनेको प्रसङ्ग उल्लेख गर्दै उनले संविधानसभाबाट ल्याइएको संविधानलाई केरमेट हुन काङ्ग्रेसले किमार्थ नदिने बताए ।