१५ महिनादेखि बन्द मलेसियाको रोजगारी आगामी हप्तादेखि खुल्ने भएको छ ।
नेपाल र मलेसियाको श्रम मन्त्रालयको सहसचिवस्तरीय प्राविधिक समितिमा तत्कालै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको हो । अब नेपालबाट नयाँ कामदार शून्य लागतमा मलेसिया जान पाउनेछन् ।
कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ भने मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने समझदारी दुई दशेबीच भएको छ । दुई देशबीच गत कात्तिक १२ गते भएको श्रम मसझदारी कार्यान्वयन गर्ने सहमति भएको वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।
सेक्युरेटी गार्डको हकमा पनि सो समझदारी लागू गर्न मलेसिया तयार भएको छ । म्यानपावर व्यवसायीदेखि विभिन्न राजनीतिक दल र कामदारहरुले मलेसियाको रोजगारी खुलाउन दवाव बढाइरहेको बेला क्वाललम्पुरमा भएको तीन दिने वार्तामा यस्तो सहमति जुटेको हो ।