प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकता सम्बन्धि विधेयक पारित हुन नदिन पार्टीका सांसदहरुलाई कडा निर्देशन दिनएका छन् ।
सभापति देउवाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विचाराधिन नागरिकतासम्बन्धि विधेयक सरकारले बहुमतको आडमा पारित गर्न खोजेको उल्लेख गर्दै सो विधेयकलाई पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।
बुधबार सिंहदरबारमा पार्टी संसदीय दलको बैठक बोलाई नागरिकता विधेयक पार्टीको अडान अनुसार संशोधन नभए पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाले निर्देशन दिएका पार्टीका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।
विधेयकमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिला र नेपाली महिलासँग विवाह गरेर नेपाल बस्न चाहेका विदेशी पुरुषलाई पनि तत्काल वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने नेपाली काँग्रेसको फरक मत छ ।
बैठकमा सभापति देउवाले सरकारले भूमिसम्बन्धि विधेयक पनि संसदबाट जब्बरजस्ती पारित गरेको भन्दै आपत्ति जनाएका थिए ।