सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा आउन सबै श्रमिकहरुलाई पुनः आह्वान गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचिकृत हुन सबै श्रमिकहरुलाई पुनः आह्वान गरेका हुन् ।
उनले सरकारको अभियानमा साथ पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे । सरकारी तथ्यांक अनुसार हाल ६५ हजार ५ सय ६७ जना मात्रै सामाजिक सुरक्षा योजनामा सूचिकृत भएका छन् । बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले श्रमिकलाई न्यूनतम पारिश्रमिक नदिने कुनै पनि संस्थामाथि सरकारले कार्वाही गर्ने चेतावनी दिए ।
मन्त्री विष्टले निजी क्षेत्रमा काम गरिरहेका शिक्षकहरुको पनि सामाजिक सुरक्षा योजना अन्तरगत पेन्सनको व्यवस्था गर्ने आश्वासन दिए ।