पार्टी नेताको आचरण र चरित्रका कारण निर्वाचनमा पराजयः नेता पौडेल

आजभोलि

पार्टी नेताको आचरण र चरित्रका कारण निर्वाचनमा पराजयः नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्नुपर्ने बेला आएको बताएका छन् । गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालको दोस्रो साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले कम्युनिष्टसँग विचारमा राजनीतिक प्रतिपस्र्धा गर्नुपर्ने बताएका हुन् ।

वरिष्ठ नेता पौडेलले मुलुकका हरेक परिवर्तनमा काङ्ग्रेसको सिद्धान्तले जिते पनि पार्टी नेताको व्यवहार, आचरण र चरित्रका कारण निर्वाचनमा पराजय भोग्नुपरेको उल्लेख गरे । बिपीको विचारलाई कार्यकर्तासम्म प्रशिक्षण दिनु जरुरी रहेको उनको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले गाउँमा रहेका जनतालाई पूर्वाधार पुर्याउन नसक्दा अधिकांश मानिस पलायन हुँदै गएको भन्दै गाउँमा बस्ने वातावरण निर्माणमा सरकार लाग्नुपर्ने उल्लेख गरे । गाउँमा रोजगारीको अवसर सिर्जना नगरेसम्म पलायन हुने अवस्था नरोकिने उनको भनाइ थियो ।

सबै नीतिको मूल नीति राजनीति भएकाले राजनीतिलाई सम्मानजनक बनाउन जरुरी रहेको नेता पौडेलको भनाइ छ । उनले पैसाका आधारमा पार्टी र सरकार कब्जा गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म मुलुक विकासको बाटोमा जान नसक्ने बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले प्रजातन्त्रका लागि ठूलाठूला क्रान्ति गण्डकी क्षेत्रमा भएको उल्लेख गरे ।

  • ३ आश्विन २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !