५.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तिमा २५ जनाको मृत्यु,४०० जना भन्दा बढी घाइते

आजभोलि

पाकिस्तान प्रशासित कश्मीरसहितका स्थानमा मंगलबार बेलुका गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।

५।८ म्याग्निच्युडको भूकम्पका कारण कश्मीरका विभिन्न स्थान तथा पाकिस्तानको राजधानी इस्लामावादसहितको जनजीवन प्रभावित भएको छ ।

महिला तथा बालबालिकासहित कम्तिमा २५ जनाको मृत्यु भएको पुष्टि भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । झण्डै ४०० जना घाइते भएको र घाइते मध्ये अधिकांश गम्भीर रहेको जनाइएको छ ।

भूकम्पका कारण सयौँ भवन भत्किएका छन् । ग्रामीण क्षेत्रमा टेलिफोन तथा विद्युत सेवा बन्द भएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम जारी रहेको जनाइएको छ ।

  • ८ आश्विन २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !